नेपाल विद्यार्थी संघको ५६ औँ वार्षिकोत्सवको अवसरमा नेपाल विद्यार्थी संघ, मध्यपश्चिम विश्वविद्यालय इकाई कार्यसमितिको आयोजनामा मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय कुइनेपानी, सुर्खेतमा वृक्षारोपण कार्यक्रम तथा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।

शनिबार विहान भएको वृक्षारोपण कार्यक्रम नेपाली काङ्ग्रेस, सुर्खेतका सभापति, पूर्व सामाजिक विकास मन्त्री माननीय खड्ग पोखरेलको प्रमुख आतिथ्यता तथा इकाई सभापति ई. राजन के.सीको सभाध्यक्षता भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनको उद्देश्यले वृक्षारोपण कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्नुभयो । त्यस्तै मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रजातन्त्रवादी कर्मचारी संघ, मध्यपश्चिम विश्वविद्यालय इकाई कार्यसमितिलाई ९-५ को गोल अन्तरले पराजीत गर्दै नेपाल विद्यार्थी संघ, मध्यपश्चिम विश्वविद्यालय इकाई कार्यसमितिले प्रतियोगितामा जित हात पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय