
सुर्खेत । ट्रष्ट माइक्रो इन्स्योरेन्सले “बीमा साक्षरता र सरोकारवाला कार्यक्रम” छलफल तथा अन्तरक्रिया गरी सम्पन्न गरेको छ । सुर्खेतमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी, सर्भेयर, यातायात समिति, संघ संस्थाका प्रतिनिधिहरु तथा सरोकारवालाहरुको उपस्थितिमा बीमा र बीमा क्षेत्रका विविध पक्षमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।
शुक्रबार सुर्खेतमा सम्पन्न उक्त कार्यक्रममा ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना, उप-प्रमुख कार्यकारी अधिकृत विश्वजन श्रेष्ठ र मार्केटिङ विभाग प्रमुख दिपक पोखरेलले बीमाको अवधारणा, जोखिम व्यवस्थापन, अन्डरराइटिङ तथा दाबी प्रक्रिया लगायतका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रमको उद्देश्य बीमा साक्षरता अभिवृद्धि साथै वित्तीय क्षेत्रका सरोकारवालाहरुसँग सहकार्य गर्दै बीमा क्षेत्रको विस्तार गर्नु भएको ट्रष्ट माइक्रो इन्स्योरेन्स सुर्खेत शाखा प्रमुख राम बहादुर बटालाले बताए ।