परापूर्वकाल देखि नै श्रावणी पूर्णिमाको पूर्व सन्ध्यामा जगत माता मालिकाको पूजा विधान शास्त्रमा गरिएकाले उक्त पूर्णिमालाई “मालिका पूर्णिमा” पनि भन्ने गरिन्छ। यस पर्वमा पहिले-पहिले यहाँका सबै देवस्थलहरुबाट शक्ति प्राप्तिका लागी बडीमालिका धाममा मेला भर्न जाने परम्परा रहेकोमा भौगोलिक विकटता एवं मौसमको प्रतिकुलताका कारणले आ-आफ्नो गाउँठाउँको उच्च स्थानमा नै मालिका देवीको स्थापना गरी आफ्नो सुविधा अनुसार श्रावणी पूर्णिमाको पहिलो दिन मेला भर्ने पूजन गर्ने गर्न थालियो। शक्ति सामर्थ्य हुने र राज्यका तर्फबाट तोकिएको विधि-विधान अनुसार देवीको डोली उठाई प्रतिवर्ष बडीमालिकाको पूजन दर्शन गर्ने र अरु श्रद्धालु जनले स्वेच्छिक रुपमा उक्त पर्वमा पुगेर आफ्नो मनोकामना अनुसार वरदान माग्ने परम्परा यथावत् नै देखिन्छ।

नेपालको वर्तमान एकीकरण पूर्व हाल नेपालगंजमा स्थित वागेश्वरी शक्तिपीठबाट प्रारम्भ भई सुर्खेतको देवस्थलहरु हुँदै दैलेखस्थित पाँचथान-पञ्चकोशी समेत सम्मिलित भई कालिकोटको बाटो हुँदै बडीमालिका यात्रा गरिन्थ्यो भन्ने प्रागैतिहासिक प्रमाणहरु उपलब्ध छन्। यो यात्रा मार्ग – महिषासुर मर्दिनी भगवतीले यात्रा गर्दै मल्लराज पर्वत हुँदै वर्तमान “बडीमालिका स्थान” सम्म परम्परागत रुपमा जन‐श्रुतिमा देखिन्छ। यो पुण्यप्रद र सिद्धिप्रद देवी-पर्व यात्राले एकातर्फ सबै संप्रदायका ॐकार परिवारलाई एकतावद्ध गर्दै नयाँ शक्तिको संचार गर्दछ भने अर्कातर्फ पर्यटन प्रवर्द्धनको क्षेत्रमा नव प्रवर्त्तन गर्दै पश्चिम नेपालको जन-जीवनमा सामाजिक, आर्थिक, धार्मिक र ऐतिहासिक सकारात्मक परिवर्तन ल्याउने छ।

यसै प्रसंगमा यो वर्ष सुर्खेत वीरेन्द्रनगर स्थित श्री भैरवस्थान देवस्थलबाट श्री जगदम्बा भुवनेश्वरी देवीको डोली सहित शोभा-यात्रा प्रारम्भ गरी दैलेखस्थित श्री ज्वाला पञ्चकोशीको बाटो हुँदै कालिकोटको खुलालु जितेगडा हुदै सान्ती गाड हुँदै प्राचीन यात्रा मार्गलाई पुनः जीवित गर्ने कार्य श्रद्धालु युवाहरुको पहलमा हुँदैछ भन्ने जानकारी पाउँदा हर्षित छौं। यस उक्त महान पुण्य कार्यमा स्वयं सपरिवार सहभागी हुने विचारका साथै श्रद्धालु भक्तजनहरुलाई पनि उक्त रमणीय इच्छा पूर्ण गर्ने र अपूर्व पुण्य प्राप्त गर्न यात्रामा सहभागी भई जीवनकै महान लाभ प्राप्त गर्न आह्वान गरिन्छ।

यात्रा प्रारम्भ गर्ने मिति:- यात्राको रुट निम्नानुसार छ।
१) भाद्र ५ गते भैरवस्थान (देबस्थल) बाट प्रास्थान‐श्री सिद्धेश्वर (तल्लो डुङ्गेश्वरमा) अभिषेक पूर्वक दुल्लु नगरी हुदै पादुका, चामुन्डा, विन्द्रासैनी हुदै राकम कर्णाली हुदै कालिकोट जिल्लामा रहेको रास्कोट नगरपालिका वडा नं. ८ मा रहेको बावन थानको बडिमालीका माताको मन्दिर सम्म
२) भाद्र ६ गते रास्कोट नगरपालिका वडा नं. ८ मा रहेको बावन थानको बडिमालीका माताको यतिहासिक सरकारी पुजा प्रस्यात- मलयागिरी पाटन (बज्रेश्वरी माता)
३) भाद्र ७ गते मलयागिरी पाटन बज्रेश्वरी देखि- क्षेत्रडी धाम (पाटन)
४) भाद्र ८ गते क्षेत्रडी धाम (पाटन) देखी – कैलाश गाड(नाचन थैली) सम्म
५) भाद्र ९ गते कैलाशगाड देखी – त्रिवेणी धाम (पाटन)
६) भाद्र १० गते त्रिवेणी धाम देखी – बडीमालिका मन्दिर
७) भाद्र ११ गते बडीमालिका मन्दिरमा सरकारी पुजा (११ गते विहान ६ बजे देखी १२ बजे सम्म) त्यही बेलुकी त्रिवेणी धाम फर्कने
८) भाद्र १२ गते जनैपूर्णिमा रक्षाबन्धन त्रिवेणी धाममा भव्यरूपमा मनाउने पुन मुम्रा सान्नी त्रीवेणी रास्कोट हुदै प्राचीन मार्ग लार्इ पुन जिवित गर्ने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय